काँग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक « प्रशासन
Logo १३ माघ २०७८, बिहिबार
   

काँग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले हिजो (बिहीबार) सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ ।

महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एक हप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ ।

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झन्डा र काँग्रेसको झन्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित छ ।

सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ । काँग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस