अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गर्नुभएको छरेका छन् । तसर्थ उनले अपाङ्गता भएका व्यक्तिलगायत सबै सिमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानूनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरेर सम्मानपूर्वक, स्वाबलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन् । अपाङ्गता भएकै कारण स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक रु पाँच हजार सुविधा निर्णय गरेको छ भने अपाङ्गताको गाम्भिर्यताको आधारमा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सुविधा वृद्धि गरेको छ ।

उनले दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवद्र्धनमा एकीकृत रुपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ रेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस