उदयपुरबाट गाँजासहित दुई युवा पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उदयपुरबाट गाँजासहित दुई युवा पक्राउ


१६ मंसिर २०७८, बिहिबार


उदयपुर । चौदण्डीगढी नगरपालिका– ४ नमुना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् ।

हिजो (बुधबार) साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्ग हुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नं को मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिब एक केजी गाँजा फेला पारेको थियो ।

व्यावसायिक रुपमा गाँजा ओसारपसार गर्दै आएका दुबै जनालाई आज जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान गरेर लागुऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस