वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

आज (बिहीबार) दिल्लीका वातावरण मन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

‘सहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उद्धृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबिच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो ।

पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।

त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस