काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन्।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।