करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णय विरुद्ध विद्यार्थी संगठनको प्रर्दशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णय विरुद्ध विद्यार्थी संगठनको प्रर्दशन


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयकाविरुद्ध विद्यार्थीले विरोध र प्रर्दशन गरेका छन् ।

आज (बुधबार) नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले त्रिवि परिसरमा प्रर्दशन गरेको छ । त्रिवि सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षक कर्मचारीलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय खारेज हुनुपर्ने विद्यार्थीको माग छ । अनेरास्ववीयूकी महासचिव आरती लामाले आन्तरिक प्रतिस्पर्धाका प्राध्यापक नियुक्त गर्ने निर्णय मान्य नहुने बताइन् । त्रिविको उक्त निर्णयको विरोधमा संयुक्त विद्यार्थी संघसंगठनले पनि आन्दोलनको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

त्रिविले करारमा कार्यरत ४ सय ८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्वत: स्थायी गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

Tags :
प्रतिक्रिया दिनुहोस