काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरेका हुन् ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट संस्थापन पक्षका उम्मेदवार शेर्पा सभापतिमा विजयी भएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।

शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थिए भने शेर्पाले ४१८ मत प्राप्त गरेका थिए ।

सभापतिबाहेक बाँकी कार्यसमिति भने पहिलो चरणकै निर्वाचनबाट टुंगो लागेको थियो । उपसभापतिमा घनराज सुनुवार र फुर्दोजी शेर्पा विजयी भएका छन् भने सचिवमा भलाकाजी राई कुलुङ र युवराज घिमिरे निर्वाचित भए । सहसचिवमा उत्रमान राई र ङमिाछिरी लामा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस