एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्।

राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताएका हुन् । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो’, अध्यक्ष राणाले भने, ‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।’

महाधिवेशनको उर्जाबाट आफ्नो लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले जिम्मेवारीलाई निष्कर्षमा पुर्याउनु सबैको जिम्मेवारी भएको बताए । राप्रपाको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ भने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस