रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै बाँडियो प्रतिनिधिहरूलाई पर्चा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै बाँडियो प्रतिनिधिहरूलाई पर्चा


१४ मंसिर २०७८, मंगलबार


चितवन । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडीएको छ ।

एमाले महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडीएको हो ।

उक्त पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत रहेको छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस