नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम , दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम , दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक २१.५१ ले घटेर २६२९ अङ्कमा कायम भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झन्डै २ अर्बले घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा खुम्चियो ।

जलविद्युत र म्युचुअल फन्ड उपसमूह १ अङ्कमुनि हरियो रहे भने अरु सबै घटेका छन् । बैङ्किङ १०, व्यापार ५, होटल तथा पर्यटन ७३, विकास बैङ्क ६७, फाइनान्स ३२, निर्जीवन बीमा ७६, उत्पादन ६१, अन्य ४१, माइक्रो फाइनान्स ४० र जीवन बीमा उपसमूह ११७ अङ्कले घटे ।

६० कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बजारमा हालै सूचीकृत भएको न्यादी हाइड्रोपावर र सामलिङ पावरको मूल्य १० प्रतिशतले बढेको हो ।

सो वृद्धिपछि न्यादीको सेयर मूल्य प्रतिकित्ता ३१०.५० र सामलिङको ३८१.४० पुगेको छ । आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले घट्यो । त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य ५.२ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस