एमाले अध्यक्षका लागि ओलीले पनि गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले अध्यक्षका लागि ओलीले पनि गराए उम्मेदवारी दर्ता


१३ मंसिर २०७८, सोमबार


सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस