काँग्रेस दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काँग्रेस दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित


१२ मंसिर २०७८, आइतबार


दैलेख । नेपाली काँग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिवमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन् ।

दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए । तर, महाधिवेशन प्रतिनिधि भने पौडेल समूहका कम्तीमा ४० जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस