अध्यक्ष पदका लागि भीम रावलले माग्न थाले भोट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यक्ष पदका लागि भीम रावलले माग्न थाले भोट


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् ।

आज (शनिबार) बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।

यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।

नेकपा एमालेको १० औँ महाधिवेशन हिजो (शुक्रबार) देखि चितवनमा सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस