सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय


९ मंसिर २०७८, बिहिबार


high court

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस