राम्रोसँग आकाश नखुल्दा बिहानको अधिकांश आन्तरिक उडानहरू प्रभावित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राम्रोसँग आकाश नखुल्दा बिहानको अधिकांश आन्तरिक उडानहरू प्रभावित


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरू प्रभावित भएका छन् ।

समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरूको चाप छ ।

हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौँबाट हुने उडानहरू हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

विराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस