‘स्याल’सँग ठोक्कियो बुद्ध एयरको जहाज « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘स्याल’सँग ठोक्कियो बुद्ध एयरको जहाज


८ मंसिर २०७८, बुधबार


नेपालगन्ज । बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ।

त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको एटिआर–७२ विमान बुधवार साँझ करिब सात बजेर सात मिनेट जाँदा नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।

अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किए पनि विमान र यात्रु सकुशल रहेको र विमानमा सामान्य क्षति भएको प्रहरी अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस