शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली कमजोर हुन्छ : प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली कमजोर हुन्छ : प्रचण्ड


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न रोक लगाउन नहुने बताएका छन् । आज (मंगलबार) पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् ।

सम्बोधनको क्रममा प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने समेत बताए ।

उनले नेपालमा शिक्षकको योगदानकैे कारण राजनैतिक पाटी रहेको बताए उनले भने, ‘नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् । गाउँघरमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचार, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्,’ ‘अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन ।’ उनले भने ।

अध्यक्ष दाहालले शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्न आग्रह गरे । उनले भने ‘टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ । तपाईंहरु दुविधामा नरहनु होला ।’

Tags :
प्रतिक्रिया दिनुहोस