सुनचाँदीको मूल्यमा सामान्य वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


६ मंसिर २०७८, सोमबार


सुन

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९३ हजार ९०० तोकिएको छ ।

पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस