दमकबाट १ लाख नगदसहित ६ जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दमकबाट १ लाख नगदसहित ६ जना जुवाडे पक्राउ


६ मंसिर २०७८, सोमबार


पक्राउ

झापा । दमकबाट प्रहरीले छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

आइतबार अपराह्न ४ बजे उनीहरूलाई ३ बुङ तास र १ लाख २० हजार ५०० नगद सहित पक्राउ गरिएको बताइएको छ ।

दमक–नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पक्राउ पर्नेमा पूर्णप्रसाद सिवाकोटी, विनोद श्रेष्ठ, दिल बहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र दुर्गाबहादुर राई रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस