आज पहाडी भू–भागमा आंशिक बदली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज पहाडी भू–भागमा आंशिक बदली


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ को पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस