प्रकाशमान र शशांक कोइरालाबीच भेटबार्ता, महाधिवेशन केन्द्रित छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाशमान र शशांक कोइरालाबीच भेटबार्ता, महाधिवेशन केन्द्रित छलफल


४ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टी महाधिवेशन केन्द्रित छलफल भएको छ।

महामन्त्री कोइराला आज दिउँसो सिंह निवास ठमेलस्थित चाक्सीबारी आएका थिए। उनीहरू दुबै कांग्रेस सभापतिका आकांक्षी छन्। कोइराला र सिंहबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सिंहलाई भेटेका थिए। कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुनेछ।

महाधिवेशन नजिकिएपछि नेताहरूले भेटघाटलाई तीव्र पारेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस