१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमला ह्यारिस बनिन् अमेरिकाको पहिलो कार्यबाहक राष्ट्रपति

अ+ अ-

काठमाडौँ । कमला ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बन्ने पहिलो महिला भएकी छन् ।

जो बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतीय अधिकारी केही समयका लागि सुम्पेपछि ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बनेकी हुन् । नियमित कोलोनोस्कोपीका क्रममा अस्पताल भर्ना भएका बाइडेनले छोटो समयका लागि अर्थात् आफू एनेस्थेसियाको प्रभावमा भइन्जेलसम्मका लागि ह्यारिसलाई आफ्नो अधिकारी सुम्पेका थिए ।

शनिबार ७९ औं जन्मदिन मनाउनुपूर्व नै बाइडेनले कोलोनोस्कोपी गर्न शुक्रबार बिहानै वाल्टर रीड मेडिकल सेन्टर पुगेका थिए ।

बाइडेनको कोलोनोस्कोपीका क्रममा ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङस्थित आफ्नो कार्यालयबाट कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् । यस क्रममा छोटो समयका लागि अमेरिकी सेना र आणविक हतियार उनको नियन्त्रणमा आएको थियो ।

सन्ताउन्न वर्षीय ह्यारिस अमेरिकाकी पहिलो निर्वाचित महिला उपराष्ट्रपति हुन् । यति मात्रै होइन, उनी पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी पहिलो राष्ट्रपति समेत हुन् ।

अमेरिकामा एनेस्थेसिया दिएर गरिने उपचारका क्रममा राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिले प्रयोग गर्न पाउने व्यवस्था छ । यसअघि जर्ज डब्लू बुसले कोलोनोस्कोपीका क्रममा डिक चेनीलाई २००२ र २००७ मा राष्ट्रपतीय अधिकारी सुम्पेका थिए ।

तर सन् २०१९ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उप–राष्ट्रपति माइक पेन्सलाई राष्ट्रपतीय अधिकारी सुम्पन नपरोस् भनेर वाल्डर रीडमा सुटुक्क कोलोनोस्कोपी गरेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस