२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धन गर्न छलफल

अ+ अ-

पोखरा । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ ।

पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवर्द्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण यहाँ सम्पन्न भएको हो ।

सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवर्द्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले यहाँका पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शहीद हमिद र महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए ।

उक्त टोलीमा बङ्गलादेशका टुर अपरेटर, मिडिया र युनिभर्सिटीका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवर्द्धनअन्तर्गत हुन लागेको बी टु बी (बिजनेस टु बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।

उनले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रवर्द्धन व्यावसायिक साझेदारीमा सम्भाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसपछि काठमाडौँमा बी टु बी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण गरिनेछ ।

बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमिदले कोभिडका चपेटामा परेको पर्यटन प्रवर्द्धनका लागि नवीनतम सोच र अवधारणा खाँचो औँल्याउँदै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

उनले आन्तरिक पर्यटन मुलुकको मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रस्ट्याए । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।

परिषद्का पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक टीकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले २७ किलोमिटिर टाढा रहेको बङ्गलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने जानकारी दिए ।

उनले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यस कार्यक्रमले आगामी दिनमा दुई देशबीच पर्यटन प्रवर्द्धनलगायत व्यावसायिक साझेदारीमा काम गर्न सकिने बताए । कार्यक्रममा यहाँका पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस