८ जना डिएसपीलाई एसपीमा बढुवा गर्नका लागि सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

८ जना डिएसपीलाई एसपीमा बढुवा गर्नका लागि सिफारिस


३ मंसिर २०७८, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आठ जना उपरीक्षक (डिएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरीको बढुवा सिफारिस समितिको हिजो (बिहीबार) बसेको बैठकले आठ जना डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा डिएसपीहरू जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस