नेपाली सेनाकाे प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाकाे प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न


२ मंसिर २०७८, बिहिबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ ।

नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी रहेको उक्त तालिमको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले अन्तिम प्रवचन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका २३ अधिकृतसहित ७५ जना तथा अमेरिका, केन्या, बङ्गलादेश, श्रीलङ्का र कोरियाका एक एक सैनिक अधिकृतको सहभागिता रहेको उक्त तालिम गत साउन २४ गतेबाट प्रारम्भ भएको थियो ।

सैनिक सेवामा प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिमलाई कठिन र महत्वपूर्ण अभ्यासका रूपमा लिने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस