२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

अ+ अ-

गोरखा । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गरेका गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गरेका उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेका अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् ।

अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् ।

उनले सुरु गरेका अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । “व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु’, उनले भने, ‘अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।’

उनले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाए। तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उनको भनाइ छ । किसान भट्टले व्यावसायिक रुपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिएका छन् । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गरेका उनले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको बताए ।

‘गोरखा र काठमाडौंमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो’, उनले भने, ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेसा सुरु गरेँ ।’उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको उनले बताए । ‘सारेका मध्ये २९ हजार बेर्ना सरेन’, उनले भने, ‘सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।’ भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उनको भनाइ छ ।

एकपटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिए । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उनले बताए । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ’, किसान भट्टले भने, ‘खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।’

उनले आफ्नो बारीमा उत्पादन भएको खुर्सानी चितवनको मुग्लिनमा रहेको थ्री सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी रु २५० देखि २७५ सम्ममा खुर्सानी बिक्री हुन्छ, उनले भने, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हुँदै गएको छ ।’ व्यावसायिक खेती सुरु गरेसँगै अकबरे खुर्सानी बेचेर वार्षिक रु ५० लाखसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताए ।

यस वर्ष भने जेठको अन्त्यदेखि अत्यधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उनको भनाइ छ । “जेठको अन्तिम सातादेखि ठूलो वर्षा नभएको भए यो वर्ष नै राम्रो आम्दानी हुन्थ्यो’, उनले भने, ‘अर्को वर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।’ उनले मकवानपुरको पालुङ र हेटौँडा तथा इलामबाट बीउ मगाएर आफैँले नर्सरीमार्फत बेर्ना उत्पादन गरेका हुन् ।