नेप्से परिसूचक ६९ अङ्कले बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेप्से परिसूचक ६९ अङ्कले बढ्यो


३० कार्तिक २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ६९.२२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २७८४ अङ्कमा पुगेको छ ।

कुल ५ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । सोमबार ४ अर्ब ७३ करोडको कारोबार भएको थियो ।

मंगलबार १७१ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । सबै उपसमूहमा हरियाली छाएको छ ।

बैङ्किङ ३४, विकास बैङ्क १११, फाइनान्स ८२, होटल तथा पर्यटन ७०, जलविद्युत १६४, जीवन बीमा २७०, उत्पादन १२८, माइक्रो फाइनान्स ८९, निर्जीवन बीमा १८८, अन्य १११ र व्यापार उपसमूह ६३ अङ्कले बढे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल बङ्गलादेश बैङ्क, नेपाल टेलिकम, महालक्ष्मी विकास बैङ्क, पञ्चकन्या माई हाइड्रो, माथिल्लो तामाकोसी र मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै मानुषी लघुवित्त र तेह्रथुम पावरको मूल्य ९.९ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस