२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन दरबारको खाली भागलाई पुरातात्त्विक बगैँचाका रूपमा अघि बढाउनु पर्छ: जोशी

अ+ अ-

ललितपुर । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्त्विक बगैँचाका रूपमा अघि बढाएर सो महत्त्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् ।

दरबार सङ्ग्रहालय विकास समितिको २४औँ वार्षिकोत्सवका अवसरमा आज उनले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले सो बगैँचा व्यवस्थापन गरी पुरातात्त्विक वस्तुको प्रचारप्रसार गर्नुपर्ने बताए ।

उनले भने,‘सङ्ग्रहालयभित्र त्यसै थन्किएर रहेका मूर्ति तथा शिला पत्र आदिको महत्त्व दर्साउन जरुरी छ ।’ सो बगैँचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण हुनाका साथै कला अनि पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटन सङ्ग्रहालय दक्षिण एसियाको महत्त्वपूर्ण क्षेत्रका रूपमा गणना भइरहँदा सो बगैँचा निर्माणका लागि गृहकार्य गरिने बताए । उनले भने, ‘यस बगैँचाको सहयोगमा अदृश्य रूपमा रहेका सम्पदाको खोजी गरी उजार गर्न सकिन्छ ।’

सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले सङ्ग्रहालयभित्र प्रदर्शन नगरी थन्क्याइएका लगभग एक हजार सात सय वस्तु बगैँचाको सहयोगमा प्रदर्शन हुन पाउने बताए । हाल तीन सयभन्दा बढी वस्तु सो सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको छ । पुरातात्त्विक महत्त्वका वस्तुको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ शताब्दी पुरुष जोशीले बगैँचाको अवधारणा अघि बताएका हुन् ।

सो अवसरमा सङ्ग्रहालयभित्र १४औँ देखि १७औँ शताब्दीसम्मका ढुङ्गाको प्रस्तरको मूर्तिसमेत प्रदर्शनी गर्नाका साथै सङ्ग्रहालयको मुख पत्र विमोचन गरिएको थियो ।