सेयर बजारमा हरियाली, नेप्से परिसूचक २७ सयमाथि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सेयर बजारमा हरियाली, नेप्से परिसूचक २७ सयमाथि


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारमा हरियाली छाएको छ । यस दिन परिसूचक नेप्से २६.४४ अङ्कले बढेर २७१५ अङ्कमा कायम भएको छ । कारोबार रकममा पनि सुधार आएको छ ।

हिजो (आइतबार) ४ अर्ब ९ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो ।

२० कम्पनीको मूल्य घट्दा १६२ कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहमा हरियाली छाएको छ । बैङ्किङ ०.९, व्यापार ५५, होटल तथा पर्यटन ५८, विकास बैङ्क १४१, जलविद्युत ५०, फाइनान्स ५७, निर्जीवन बीमा २१२, उत्पादन १०९, अन्य १८, माइक्रोफाइनान्स ६३, जीवन बीमा ११३ र लगानी उपसमूह १ अङ्कले बढे ।

यस दिन तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, मानुषी लघुवित्त र तेह्रथुम पावरको मूल्य १० प्रतिशतले बढेको हो । हालै सूचीकृत तेह्रथुम पावरको मूल्य प्रतिकित्ता ४८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य ९.६ प्रतिशतले बढेको छ । महालक्ष्मी विकास बैङ्कको मूल्य सबैभन्दा धेरै ४.४ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस