सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन् । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन्।

यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस