२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्ता ठगी गर्ने विरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेयर र दुई वटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार एकल अनुगमन तथा १२ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।

जी एन्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट बिक्रिवितरण हुँदै आएको ओम सिमेन्ट नाप जाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र रु १० हजार जरिवाना माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।

एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नाप जाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र रु १० हजार जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।

यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र रु ३० हजार जरिवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान बिक्री गरेकाले एक वर्ष कैद र रु १० हजार जरिवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । राजेश हार्डवेयरलाई वाणिज्य विभागले यसअघि नै रु दुई लाख जरिवाना गरेको थियो ।

यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।

उक्त कार्यालयले दसैँका बेला बजार अनुगमन गर्दा चार कम्पनीले ठगी गरेको जनाएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेयर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एन्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए ।

कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । ‘आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने। सो कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महिनामा जरिवानाबाट रु ४४ लाख २२ हजार १८३ राजस्वसमेत सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस