सिमकोटमा टिकट नपाएर परीक्षार्थी अलपत्र « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

सिमकोटमा टिकट नपाएर परीक्षार्थी अलपत्र


२८ कार्तिक २०७८, आइतबार


सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् ।

दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा दिनका लागि जान नपाउँदा विमानस्थलमै रोकिएका छन् ।

उनीहरूमध्ये केहीले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् । दैनिक दिन बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ ।

दुई सातादेखि जहाज टिकट नपाएपछि मङ्सिर १ गते हुने परीक्षा छुट्ने खार्पुनाथ–१ का विष्णु रावलले गुनासो गरे । आफ्नो हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको उनको भनाइ थियो ।

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् ।

झन्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको विमान नेपालगन्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुसी टिकट वितरण गरिरहेका छन् ।

यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो लागेको लागेको उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् ।

आज बिहान जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमानस्थलका सुरक्षागार्डले दुर्व्यवहार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस