माओवादी केन्द्रसँग एकता हुन्छ: विप्लव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रसँग एकता हुन्छ: विप्लव


२८ कार्तिक २०७८, आइतबार


कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् ।

धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अलमल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौँ।’

सरकारले पार्टीलाई प्रतिबन्धबाट हटाउँदै शान्ति प्रक्रिया ल्याउँदा गरिएका सर्तहरू लागू नगरेको पनि पनि उनले बताए । सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको उनले आरोप लगाए । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी समेत दिएका छन् ।

विप्लवले भने, ‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ । सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस