सुदूरपश्चिमका नव नियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिमका नव नियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण


२६ कार्तिक २०७८, शुक्रबार


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

विसं २०२० मा बाजुराको साविक कुलमाडौँ गाविस ९हाल बुढीगङ्गा नगरपालिका–५मा० जन्मिएका उनी प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ परेका थिए । बाजुराकै भानुदय माविमा प्रवेशिका परीक्षा९एसएलसी० उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा डिप्लोसम्मको अध्ययन गरेका छन् ।

विसं २०४६ मा भएको राजनैतिक परिवर्तनसँगै २०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उनी देशकै कान्छो प्रतिनिधिसभा सदस्य थिए । नेपाली कांग्रेसले टिकट दिएपछि उनी भानुदय माविको शिक्षक पदबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । उनी पहिलो संविधान सदस्यका लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए । सशस्त्र युद्धको समयमा तत्कालिन बिद्रोही माओवादीले विसं २०५८ मा उनलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको थियो ।

पदभार ग्रहणपछि उनले सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले भने, “पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु ।” देश सङ्घीय संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उनी चौथो प्रदेश प्रमुख हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस