सर्वोच्चमा न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि मुद्दामा भएन सुनुवाइ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चमा न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि मुद्दामा भएन सुनुवाइ


२६ कार्तिक २०७८, शुक्रबार



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए। तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए तर आज ती मुद्दामा पनि सुनुवाइ भएन ।

यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस