प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बहिस्कार गरेका छन् ।

आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेलले आज संस्थापन इतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् ।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ । १३ औँ महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए ।

१३ औँ महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ ।

यसअघि पौडेल पक्षको बैठकमा नियमित सहभागी हुने सिंहले यही कारण आजको बैठक बहिस्कार गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस