महाप्रबन्धकलाई छिर्न नदिने भन्दै आयल निगममा सत्तारुढ दलनिकट विद्यार्थीको प्रदर्शन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महाप्रबन्धकलाई छिर्न नदिने भन्दै आयल निगममा सत्तारुढ दलनिकट विद्यार्थीको प्रदर्शन


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ। पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट ६ विद्यार्थी सङ्गठनले आयल निगमको कार्यालयमा घेराउ गर्दै निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् ।

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक पौडेलविरुद्ध नाराबाजी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका विद्यार्थी सङ्गठनहरूले हिजो आपूर्ति मन्त्रीलाई मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस