दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन


२६ कार्तिक २०७८, शुक्रबार


जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।

उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्व राष्ट्रपति क्लर्कको फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो ।

उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस