नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ। बैठकले २७ र २८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

एमालेसहितका विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाको जिम्मेवारी र भूमिकाबारे बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने खतिवडाले बताए।

बैठक काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस