स्वीट्जरल्यान्ड सरकारले नेपाललाई दियो एक लाख ४४ हजार डोज खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वीट्जरल्यान्ड सरकारले नेपाललाई दियो एक लाख ४४ हजार डोज खोप


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ ।

आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी थिइन् ।

एस्ट्राजेनेका अन्तर्गतको कोभ्याक्स खोप नेपाललाई उपलब्ध गराएको राजदूतावासले जनाएको छ ।

यसअघि पनि स्वीस सरकारले नेपाललाई पिसिआर किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस