प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश-१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस