प्यालेस्टाइनी राष्ट्रपतिद्वारा इजरायलले शान्ति वार्ता पुनः सुरु गर्न अस्वीकार गरेकोमा आलोचना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्यालेस्टाइनी राष्ट्रपतिद्वारा इजरायलले शान्ति वार्ता पुनः सुरु गर्न अस्वीकार गरेकोमा आलोचना


२५ कार्तिक २०७८, बिहिबार


रमल्लाह । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले मङ्गलबार रोकिएको मध्य पूर्व शान्ति प्रक्रियालाई पुन: सुरु गर्न अस्वीकार गरेकोमा इजरायली सरकारको आलोचना गरेको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

अब्बासले बेस्ट बैङ्क सहर रामल्लाह नजिक प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगको नयाँ मुख्यालयको उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका हुन् ।

इजरायली सरकारले मध्यपूर्वमा शान्ति प्रक्रियालाई पुन: सुरु गर्न अस्वीकार गर्दा यसलाई फाइदा हुने छैन, भन्दै अब्बासले, इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्न अस्वीकार गर्न नसक्ने टिप्पणी गरेका छन् ।

यसैबिच, अब्बासले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरू कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा कैयौँ चरणको वार्ता भए पनि दुवै पक्षले त्यसमा प्रगति गर्न नसकेपछि इजरायल–प्यालेस्टाइन शान्ति वार्ता प्रक्रिया सन् २०१४ देखि ठप्प छ ।

Tags :
प्रतिक्रिया दिनुहोस