छठ पर्वको शुभकामना : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

छठ पर्वको शुभकामना : अध्यक्ष प्रचण्ड


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिँदै बहु जातीय, बहु भाषिक, बहु सांस्कृतिक एवं बहु धार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् ।

कोरोना त्रास कायमै रहेको भन्दै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि सबैमा अपिल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस