प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् ।

वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले विकृति, विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधमा उत्रिएको हो ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समय सीमा दिने निर्णय गरेको थियो । तर जबराले अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।

सम्बन्धित समाचार : प्रधानन्यायाधीश जबराविरुद्ध बारले आन्दोलन थप कडा बनाउँदै

Tags :
प्रतिक्रिया दिनुहोस