२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु

अ+ अ-

तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि युद्ध अभ्यास सुरु गरिएको हो ।

प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा भाग लिएको बताएको छ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा विश्व शक्तिहरूसँगको इरानको आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रूपमा फिर्ता लिएपछि इरान र अमेरिकाबीच बढ्दो तनावका बीच यो युद्ध अभ्यास सुरु भएको हो ।

सरकारी टिभीले वार्षिक अभ्यासका लागि कमान्डो र एयरबोर्न इन्फन्ट्री सहित ब्रिगेडहरू तैनाथ गरिएको बताएको छ। लडाकु विमान, हेलिकप्टर, सैन्य यातायात विमान, पनडुब्बी र ड्रोनले पनि अभ्यासमा भाग लिने अपेक्षा गरिएको थियो । यो अभ्यास कति लामो हुन्छ भन्ने स्पष्ट छैन ।

यी युद्ध अभ्यास विदेशी खतराहरू र कुनै पनि सम्भावित आक्रमणको सामना गर्न तयारीमा सुधार गर्ने उद्देश्यले गरिएको सरकारी टिभीले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले गत हप्ता इरानले ओमानको खाडीमा भियतनामी(झन्डा भएको तेल ट्याङ्कर कब्जा गरेको र अझै पनि आफ्नो बन्दरगाहमा राखेको उल्लेख गरेका छन् ।

तर इरानले भने एलिट रिभोलुसनरी गार्ड कमाण्डोहरूले ओमानको खाडीमा इरानी तेल बोकेको अमेरिकी ट्यांकरलाई नियन्त्रणमा लिएको र जहाजलाई मुक्त गरेको दाबी गरेको छ ।

इरानी सरकारी टेलिभिजनमा नाटकीय फुटेज प्रसारण गरेको र घटनाको थप व्याख्या नगरेको अमेरिकाको तर्क छ ।

सन् २०१८ मा अमेरिकाले सम्झौताबाट पछि हटेपछि र इरानमाथि प्रतिबन्धहरू लगाएपछि इस्लामिक गणतन्त्रले बिस्तारै तर सार्वजनिक रूपमा आफ्नो आणविक विकासमा सम्झौताको सीमा हटाएको छ र यसले आफ्नो २० प्रतिशत संवर्द्धित युरेनियमको भण्डार २१० किलोग्राम (४६३ पाउन्ड) पुगेको बताएको छ ।

ऐतिहासिक आणविक सम्झौता अन्तर्गत इरानलाई ३.६७५ भन्दा माथि युरेनियम संवर्धन गर्न निषेध गरिएको थियो । ९० प्रतिशतभन्दा माथिको समृद्ध युरेनियम आणविक हतियारका लागि प्रयोग गर्न सकिन्छ । यद्यपि तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गरेको छ।

महिनौँको ढिलाइपछि युरोपेली सङ्घ, इरान र संयुक्त राज्य अमेरिकाले गत हप्ता सम्झौता पुनरुत्थान गर्न परोक्षरूपमा नोभेम्बर २९ मा भियनामा वार्ता पुनः सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस