काँग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काँग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ


१९ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा काँग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ बरामत गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस