२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक न्यायबिना समृद्धि हासिल गर्न सकिदैनः मन्त्री बराल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले समाजको विकासका लागि सामाजिक न्याय अपरिहार्य भएको बताएका छन् ।

‘हामीले अझै पनि सामाजिक न्याय दिन सकेका छैनौं, सबै प्रकारका नागरिक सामाजिक हिसाबले सम्मानित छन् तर हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन्, उनले भने, ‘समाजवाद उन्मुख सङ्घीय लोकतान्तिक गणतन्त्र प्रणालीको रक्षा गर्ने प्रमुख दायित्व नेकपा (माओवादी केन्द्र) को हो ।’

मन्त्री बरालले देशमा अझै पनि राष्ट्रिय एकताको जरुरी रहेको बताउँदै माओवादी केन्द्रले मुलुकका राजनीतिक दलबीच सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गरे ।

यसैगरी टोलरत्न सम्मानबाट प्राध्यापक डा ओमप्रसाद बराल सम्मानित भएका छन् । स्वास्थ्य शिक्षा विषयमा विधावारिधिसहित शैक्षिक क्षेत्रको उत्कृष्ट उपाधि हासिल गरी विश्वविद्यालय सेवामा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै संस्थाले उनलाई सम्मान गरेको हो ।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न मन्त्री समक्ष आग्रह गरे । पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीकोटमा निर्माण हँदै गरेको विशाल महादेवको मूर्ति निर्माणको क्रममा तीन करोड ऋण भएकाले पुनःमहायज्ञ लगाउने गृहकार्य भइरहेको जानकारी दिए ।

टोल विकास संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२२ का वडा कमिटी सभापति होमप्रसाद बराल, (माओवादी) केन्द्र पोखरा– २२ का वडा कमिटी अध्यक्ष चण्डीकाप्रसाद बराल र पोखरा– २२ का इन्चार्ज त्रिभुवन पौडेल, नेकपा (एकीकृत समाजवादी) पार्टी पोखरा–२२ का अध्यक्ष जगन्नाथ बाँस्तोला, तिलाहार, खाडेखोला टोल विकास संस्थाका अध्यक्ष हिमलाल बराल, संस्थाका कानूनी सल्लाहकार भीमनाथ बराल, उपाध्यक्ष अर्जुन बराल, सचिव लोकनाथ बराललगायले टोल विकास संस्थाको महत्व र गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस