२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ’

अ+ अ-

महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन् ।

महोत्तरीको बर्दिवासमा आज भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार छिट्टै लालपुर्जा वितरणको तयारीमा लागेको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न विभिन्न कालमा बनेका आयोगले गरेका कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताइन् । “राम्रो कामलाई राम्रो भन्नुपर्छ, यसअघिको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गरेको प्रयत्नलाई वर्तमान सरकारले अघि बढाउँछ”, मन्त्री श्रेष्ठले भनिन् । यद्यपि अहिले मिति नै तोकेर जग्गाधनी प्रमाणपुर्जा वितरण हुने दिन तोक्न नसकिने उनको भनाइ छ ।

‘अहिले गठबन्धनको सरकार छ, दोहोरो चरित्र देखाउनु हुँदैन’, मन्त्री श्रेष्ठले भनिन् ‘सस्तो लोकप्रियताका लागि हचुवामा घोषणा गरेर झुठो बन्नु ठीक हुन्न ।’ दलहरुले चुनावताका गरेको वाचा पूरा गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास नगरक्षेत्रमा नापजाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्क प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिइन् । नापी कार्यअन्तर्गत नौ हजार ४५९ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको कार्कीको भनाइ छ । सरकारले अब यहाँको लालपुर्जा वितरणमा ढिलाइ गर्न नहुने कार्कीले मन्त्री श्रेष्ठसँग आग्रह गरिन् । विसं २०५६ मा बनेको आयोगले अवैधानिक तवरले वितरण गरेको लालपुर्जा भने खारेज गर्नुपर्ने कार्कीको माग छ । कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, प्रदेशसभा २ सदस्य शारदादेवी थापा र नापी विभागका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस