नेपाली वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा गरिदिन पर्यटनमन्त्री आलेको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाली वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा गरिदिन पर्यटनमन्त्री आलेको आग्रह


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेट गरेका छन् ।

भेटको क्रममा उनले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरेको बताइएके छ ।

Tags :
प्रतिक्रिया दिनुहोस