कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा


१७ कार्तिक २०७८, बुधबार


डडेलधुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् ।

उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाए ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यस क्षेत्रमा बाढीपहिराबाट झन्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ ।

सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आइपुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस